युवराजका तीन मुक्तक

युवराज भण्डारी

– युवराज भण्डारी, तनहुँ, हाल: मन्ट्रियल, क्यानडा

(१)

चुनौतीका सारा पर्खाल ढालेर आउँछु

समाज जागरणको दियो बालेर आउँछु

तिमी दृढ विश्वास राख मेरी मायालु

भेदरहित समाजको यज्ञ थालेर आउँछु। 

(२)

तिम्रो हरेक शब्द अनि मीठो सवाल मनपर्छ

गाजलु नयन तिम्रो नागवेली चाल मनपर्छ

तिमी अनलाइन हुने क्षण बेचैन पर्खिरहन्छु

तिमी छौ र यो सामाजिक सञ्जाल मनपर्छ।

(३)

धपक्क बलेकी जून जस्तै लाग्छ 

मधुरस बोली त धुन जस्तै लाग्छ

तिम्रो आगमनले नयाँ बहार छायो 

तिमी गन्तव्यको सगुन जस्तै लाग्छ।